News कागे च्यारिटी फुटबलको उपाधिका लागि हॅागेथाम एफसी र एफसी रियले भिडने
गोलनेपाल

सन्दकपुर । इलामको सन्दकपुर ५ जमुनामा जमुना फुटबल क्लबको आयोजनामा सन्चालित कागे च्यारिटि पुरूष फुटबल प्रतियोगिताको उपाधिका लागि हॅागेथाम एफसी र एफसी रियले जमुना भिड्ने पक्का भएको छ ।

सोमबार गजाधर धनमाया स्मृती रंगशालाको 7 A Side मैदानमा सम्पन्न पहिलो सेमिफाइनलमा आर आर सी प्याङलाई २-० गोलले पराजित गर्दै हॅागेथामले फाइनलमा स्थान बनाएको हो । हॅागेथामको जितका लागि दुबै गोल मदन मगरले गरे ।

त्यस्तै दोस्रो सेमिफाइनलमा एफसी रियले ले टोड्के झरना स्पोर्टिङ क्लबलाई ३-० गोलले पराजित गर्दै फाइनलमा हॅागेथामसंगको भेट पक्का गरेको हो ।रियलेको जितका लागि जितेन गुरूङ,आदर्श गुरूङ र मनकुमार खाम्दाकले एक एक गोल गरे ।

प्रतियोगिताको विजेताले ५० हजार सहित ट्रफि र उपविजेताले ३० हजार सहित ट्रफि प्राप्त गर्नेछन ।

Post Comments