News छातेढुङ्गा दिपावली मेलाः मंगलबार पहिलो चरणका पॉच खेलहरु सम्पन्न
गोलनेपाल

आठराई । तेह्रथुम जिल्लाको आठराई गाउपालिका वडा न.- 5 छातेढुङ्गामा भगवति ट्रफि तथा पदम थापा स्मृति रनिङ कप खुल्ला पुरुष फुटबल प्रतियोगिता साथै महेन्द्र कन्दङवा स्मृति रनिङ कप महिला फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार पॉच पुरुष फुटबल खेल सम्पन्न भएका छन।

पहिलो खेल तेह्रथुम बहुमुखी क्याम्पस चुहानडाँडा र लाफा फुटबल क्लब ईवाबिच प्रतिस्पर्धा हुने तय भएतापनि तेह्रथुम बहुमुखी क्याम्पस तोकिएको समयमा मैदानमा उपस्थित नहुदा वाकओभरको आधारमा लाफा फुटबल क्लब दोस्रो चरण प्रवेश गरेको छ।

दोस्रो खेल युथ स्पोर्टिङ क्लब थोक्लुङ र प्रणामी माध्यमिक विद्यालयबिच निर्धारित समय एक गोलको बराबरीमा टुङ्गिएको थियो। प्रणामी माविको लागि तरङ लिम्बुले सुरुवाती गोल गरेका थिए भने थोक्लुङको लागि सुशील कुरुङ्वाङ्ले बराबरी गोल फर्काएका थिए। टाईबेकरमा प्रणामी माविले थोक्लुङलाई पाँच तिनको नतिजामा हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ।

तेस्रो खेल याकुम्बा गढी चुहानडाँडा र पोखरी माध्यमिक विद्यालयबिच सम्पन्न हुदा निर्धारित समय एक एक गोलको बराबरीमा टुङ्गिएको थियो। जसमा पोखरी माविको लागि अनिस भुजेलले गोल गरेका थिए भने याकुम्बा गढीको लागि बिरेन तामाङले गोल गरेका थिए। उक्त खेलको पनि अन्तिम निर्णय पनि टाईबेकरबाट निकालिएको थियो। जसमा याकुम्बा गढी चार एकको नतिजामा जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको छ।

चौथो खेल लुङसुम्वाङ् चाॅगे ताप्लेजुङ र बुढानिलकण्ठ लिसिबुङ्बिच सम्पन्न हुदा बुढानीलकण्ठ लिसीबुङ १ शून्यको को साँघुरो जित हात पार्दै अघिल्लो चरण प्रवेश गरेको छ। उक्त खेलमा निर्णय गोल जीवन लिम्बुले गरेका थिए।

पाँचौ खेल श्री जङ् राय पापो समाज ईवा र फेदाप गाउँपालिकाबिच सम्पन्न हुदा फेदाप गाउँपालिका इसीबु एक शून्यको साँघुरो जित निकाल्दै दोस्रो चरण प्रवेश गरेको छ। उक्त खेलमा निर्णायक गोल फेदापको लागि सन्देश लिम्बुले खेलको १६ औँ मिनेटमा गरेका थिए।

Post Comments