News प्रथम झापा महिला गोल्डकपको मिति सर्यो
गोलनेपाल

शिवसताक्षी । यही कार्तिक १५ गते शनिबारदेखि शुरु हुने भनिएको बहुप्रतिक्षित प्रथम झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको मिति सारिएको छ ।

प्रतिकुल मौसम र प्राविधिक कारण जनाउँदै आयोजकले मिति कार्तिक १७ गते सोमबारदेखि शुरु गर्ने गरी सारेको हो । स्मरण रहोस, आयोजकले प्रतियोगिताको सम्पूर्ण तयारी सकेर खेलतालिका पनि सार्वजनिक गरिसकेको थियो ।

प्रतियोगिताको अर्को खेलतालिकाबारे छिटै जानकारी गराई समेत आयोजकले जनाएको छ । प्रतियोगितामा नेपाल र भारतका गरी कुल आठ महिला फुटबल टोलहिरु सहभागि छन् ।

एलभिडी मुख्य प्रायोजक रहेको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाखसहित ट्रफी, मेडल प्राप्त गर्नेछ ।

Post Comments