News मेयर कपः वार्ड नम्बर ३ क्वाटरफाइनलमा
गोलनेपाल

दुहबी । सुनसरीको दुहबीमा जारी तेस्रो मेयर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगितामा वार्ड नम्बर ३ ले जित हात पार्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार भएको प्रिक्वाटरफाइनलतर्फ वार्ड नम्बर ३ ले वार्ड नम्बर २ लाई शून्यका विरुद्ध २ गोलले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो । वार्ड नम्बर ३ को जितमा लोकेश सिवाकोटी नायक रहे ।

दुहबी स्थित सरस्वती माविको खेलमैदानमा भएको खेलमा सिवाकोटीले १३ र ३८औं मिनटमा एक्लैले दुई गोल गर्दै टोलीको जित पक्का गरे । सिवाकोटी नै खेलको म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १ हजार हात पारे ।

प्रतियोगिता अन्तरगत माघ १९ गते सोमबारको खेल वार्ड नम्बर ७ र ८ बीच हुने आयोजकले जनाएको छ । दुहबी नगरपालिका, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५१ हजार प्राप्त गर्नेछ ।

इलेभन एरोज क्लब, दुहबीको संयोजनमा जारी प्रतियोगितामा दुहबी नगरपालिका भित्रका कुल १२ वडाका टिमहरुले सहभागिता जनाईरहेका छन् । प्रतियोगिताको फाइनल खेल माघ २८ गते बुधबारका दिन हुनेछ ।

 

Post Comments