News युवराजको निर्णायक गोलसँगै कल्चरल ग्रीन फाइनलमा
गोलनेपाल

कल्चरल ग्रीन क्लब जारी इनरुवा नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न दोस्रो सेमिफाइनलमा इटहरी युथ क्लब, सुनसरीलाई शुन्यका विरुद्ध १ गोलको झिनो अन्तरले हराउँदै कल्चर ग्रीन उपाधि नजिक पुगेको हो ।

इनरुवा २ स्थित शिक्षा कार्यालय पछाडीको खेलमैदानमा भएको खेलमा कल्चर ग्रीनका लागि युवराज श्रेष्ठले १४औं मिनटमा गरेको एक मात्र गोल टोलीलाई फाइनलमा पुर्याउन निर्णायक गोल बनेको थियो । खेलको म्यान अफ द म्याच कल्चर ग्रीन कै प्रकाश भुजेल घोषित भए । उनले पुरस्कार वापत नगद १ हजार हात पारे ।

कल्चर ग्रीनले अब फाइनलमा रुसडिक फुटबल क्लब, सुनसरीसँग खेल्नेछ । फाइनल खेल माघ २० गते मंगलबारका दिन हुँदैछ । इनरुवा फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ ।

 

Post Comments