News
दीपाले पनि बंगलादेशी क्लबबाट खेल्ने
काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर दीपा शाहीले पनि बंगलादेशी क्लबबाट खेल्ने भएकी छिन् । दीपालाई नसरीन स्पोर्टस एकेडेमीले नै अनुवन्ध गरेको हो ।
बंगलादेशी क्लबमा आवद्ध हुने दीपा तेस्रो नेपाली महिला खेलाडी समेत बनेकी छिन् । नसरीन त्यही क्लब हो जहाँ नेपाली महिला फुटबल टोलीकी अन्य दुई सदस्यद्वय पुजा राना र समिक्षा घिमिरे पनि आवद्ध छन् । नसरीनले पुजा र समिक्षालाई केही दिन अघि मात्रै अनुवन्ध गरेको थियो ।
स्मरण रहोस, बंगलादेशी लिग च्याम्पियन नसरीन डिसेम्बर ५ तारीखदेखि नेपाल मै आयोजना हुन गईरहेको साफ महिला क्लब च्याम्पियनसिपको तयारीमा छ ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल