News छातेढुङ्गा दिपावली मेलाः म्याङलुङ स्पोर्टिङलाई महिलातर्फको लगातार दोस्रोपटक उपाधी
गोलनेपाल

आठराई । तेह्रथुम जिल्लाको आठराई गाउपालिका वडा न.- 5 छातेढुङ्गामा जारी भगवति ट्रफि तथा पदम थापा स्मृति रनिङ कप खुल्ला पुरुष फुटबल प्रतियोगिता साथै महेन्द्र कन्दङवा स्मृति रनिङ कप खुल्ला महिला फुटबल प्रतियोगिता अन्तर्गत शनिबार महिला फुटबलतर्फ फाइनल खेल सम्पन्न हुदा पुरुष फुटबलको भने उपाधी समिकरण पुरा भएको छ ।

महिला फुटबलतर्फ म्याङलुङ स्पोर्टिङ तेह्रथुम र होटेल माउन्टेन आठराई संक्रान्तिबजार उपाधीका लागि प्रतिस्पर्धा गरेका हुन उक्त खेलमा होटेल माउन्टेनलाई एक शुन्यको साँघुरो नतिजामा हराउदै म्याङ्लुङ दोस्रोपटक उपाधी रक्षा गर्न सफल भएको छ । म्याङ्लुङलाई जित दिलाउन एलेक्स गुरूङले एकमात्र निर्णायक गोल गरिन ।

ब्यक्तिगत बिधातर्फ पनि म्याङ्लुङकै बर्चस्व रह्यो। सर्वाधिक गोलकर्ता समिक्षा मगर , उत्कृष्ट गोल रक्षक सुशिला चौधरी , उत्कृष्ट डिफेन्डर मनिता तामाङ हुदा प्लेयर अफ द टुर्नामेन्ट होटेल माउन्टेनकी केरेन लिम्बु भइन् भने उदयीमान खेलाडी होटल माउन्टेनकै प्रतिज्ञा राई बन्न सफल भइन्। प्रतियोगितामा एकमात्र ह्याट्रिक पूरा गर्ने खेलाडी फिदिम भेट्रान्सकी सिक्सम लावती हुन।

विजेता बनेको म्याग्लुङ स्पोर्टिङले नगद रु ८० हजार सहित तीन वर्षे रनिङ ट्रफी प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाएको होटेल माउन्टेनले नगद रु ५० हजार प्राप्त गरेको छ।

पुरुष फुटबलतर्फ पहिलो सेमिफाइनल खेल आठराई गाउँपालिका तेह्रथुम र लाफा एफ सीबिच प्रतिस्पर्धा हुदा निर्धारित समय एक एक गोलको बराबरीमा टुङ्गिएको उक्त खेल सडनडेथमा बिजयी बन्दै लाफा एफ सी उपाधी नजिक पुगेको हो।

लाफाको लागि बादल तामाङले गोल गरेका थिए भने फेदापको लागि सनम सिरूवालले बराबरी गोल गरेका थिए। टाइबेकरमा पनि बराबरी हुदा खेल सडनडेथतर्फ लम्किएको थियो। सडनडेथको पहिलो प्रहार नै मिस गरेको फेदाप समग्रमा ६/५ गोल अन्तरले पराजित भएको हो।

पुरुषतर्फ दोस्रो सेमीफाइनल खेलकुद विकास समिति ईवा र आठराई गाउँपालिकाबिच प्रतिस्पर्धा भएको थियो जसमा आठराई गाउँपालिका १ शुन्यको साँघुरो जित हात पार्दै उपाधि नजिक पुगेको हो। आठराईलाई जित दिलाउन सन्तु फोम्बोले एकमात्र निर्णायक गोल गरेका हुन। उपाधि दाबेदार मानिएको खेलकुद विकास समिति ईवा भने यस प्रतियोगिताको सेमीफाइनलबाटै बाहिरिएको छ।

आइतबार उपाधिका लागि आठराइ गाउँपालिका र लाफा एफसी दिनको ठीक १२ बजे प्रतिस्पर्धा गर्ने छन्।

Post Comments