News
एन्फा प्रेसिडेन्ट लिगः काक्रेबिहारको रोमाञ्चक जित
हेटौडा । यहाँ जारी एन्फा प्रेसिडेन्ट लिगतर्फ काक्रेबिहार युथ क्लब, सुर्खेतले बिहीबार रोमाञ्चक जित हात पार्दै खातामा महत्वपूर्ण तीन अंक जोडेको छ ।
हेटौडा–६, मकवानपुर स्थित गौरीटार रंगशालामा भएको खेलमा काक्रेबिहारले हैरान्स क्लब, तनहुँलाई ३–२ ले हराउँदै महत्वपूर्ण तीन अंक जोडेको हो ।
काक्रेबिहारको जितमा सुजन बलम्पाकी मगर, आशिष चापागाईं र अनिष घर्ती क्षेत्रीले गोल गरे । उता पराजित हैरान्सका लागि भने समिराज थोक र विश्व लामाले गोल गरेका थिए । खेलमा काक्रेबिहारका रोहन कार्की म्यान अफ दि म्याच बने ।
अखिल नेपाल फुटबल संघ ९एन्फा० को आयोजना तथा मकवानपुर जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिता लिगकम नकआउटका आधारमा हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।
Post Comments
Related News
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”