News
एन्फा प्रेसिडेन्ट लिगः काक्रेबिहारको रोमाञ्चक जित
हेटौडा । यहाँ जारी एन्फा प्रेसिडेन्ट लिगतर्फ काक्रेबिहार युथ क्लब, सुर्खेतले बिहीबार रोमाञ्चक जित हात पार्दै खातामा महत्वपूर्ण तीन अंक जोडेको छ ।
हेटौडा–६, मकवानपुर स्थित गौरीटार रंगशालामा भएको खेलमा काक्रेबिहारले हैरान्स क्लब, तनहुँलाई ३–२ ले हराउँदै महत्वपूर्ण तीन अंक जोडेको हो ।
काक्रेबिहारको जितमा सुजन बलम्पाकी मगर, आशिष चापागाईं र अनिष घर्ती क्षेत्रीले गोल गरे । उता पराजित हैरान्सका लागि भने समिराज थोक र विश्व लामाले गोल गरेका थिए । खेलमा काक्रेबिहारका रोहन कार्की म्यान अफ दि म्याच बने ।
अखिल नेपाल फुटबल संघ ९एन्फा० को आयोजना तथा मकवानपुर जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिता लिगकम नकआउटका आधारमा हुनेछ । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)