News
साबित्राको डेब्यु खेलमा वेलिङटनको बराबरी
काठमाडौं । नेपालकी स्टार फरवार्ड साबित्रा भण्डारीले अष्ट्रेलियाको शिर्ष महिला लिग ‘निन्जा लिग’ मा डेब्यु गर्दा उनको टोली वेलिङटन फिनिक्स फुटबल क्लबले पहिलो खेलमा बराबरी खेलेको छ ।
शनिबार बिहान सम्पन्न खेलमा वेलिङटनले घरेलु मैदान मै क्यानेबरा युनायटेडसँग १–१ गोलको बराबरी खेलेको हो । खेलमा शुरुवाती अग्रता भने क्यानबेराले नै लिएको थियो । खेलको १८औं मिनटमा जोसेफिन अलिसिनोले पाहुना टोलीका लागि बराबरी गोल गरेकी थिईन् ।
यद्यपि वेलिङटन पहिलो हाफ मै खेलमा फर्किएको थियो । ३९औं मिनटमा मरिसा भान–डेर मिरले वेलिङटनका लागि बराबरी गोल फर्काएकी थिईन् । खेलमा साबित्राले पहिलो रोजाई मै उत्रिएर पूरा समय खेलिन् । र केही गोलका सुन्दर अवसर र पासहरुको सिर्जना गरिन् ।
Post Comments