News
झापा महिला गोल्ड कपद्वारा प्रशिक्षक सन्त रायमाझीलाई सम्मान
झापा — झापा महिला गोल्ड कपको आयोजनाकर्ता समितिले महिला फुटबलका अनुभवी प्रशिक्षक सन्त रायमाझीलाई विशेष सम्मान गरेको छ। रायमाझीले झापा मात्र नभई सम्पूर्ण कोशी प्रदेशका धेरै प्रतिभाशाली खेलाडीहरूलाई प्रशिक्षण दिँदै महिला फुटबलको स्तर उकास्न महत्वपूर्ण योगदान दिँदै आएका छन्।
उनकै प्रशिक्षणबाट दिपा शाही, पुर्णिमा राई, र सिम्रन राई जस्ता उत्कृष्ट खेलाडीहरू उदाएका छन्।
स्वास्थ्य कारणले कार्यक्रमस्थलमा उपस्थित हुन नसकेपछि झापा महिला गोल्ड कपका अध्यक्ष सन्तोष थोप्रा स्वयं प्रशिक्षक रायमाझीको घरमै पुगेर उनलाई सम्मान गरेका छन्। सो अवसरमा अध्यक्ष थोप्राले रायमाझीलाई रु. २१,००० नगद सहित सम्मानपत्र प्रदान गरेका थिए।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा