News
प्रयागराज सिंह सुवाल स्मृति कपः वडा ६, १३, १४ र २४ लाई सफलता
काठमाडौँ । प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा मंगलबार वडा ६, १३, १४ र २४ ले जित हात पारेका छन्।
लैनचौर फुटसल मैदानमा आज भएको पहिलो खेलमा वडा १३ ले वडा २३ लाई ७-० ले हरायो । वडा १३ का लागि विकेस शाहिले ह्याटिक गरे । यसैगरी अभय राना र अनिकेत खड्गीले दुई/दुई गोल गरे । विकेस म्यान अफ दि म्याच बने ।
दोस्रो खेलमा वडा २४ ले वडा १९ लाई १-० ले पराजित गर्यो । सो खेलमा म्यान अफ दि म्याच सनम श्रेष्ठले निर्णायक गोल गरे । तेस्रो खेलमा वडा १४ ले वडा २५ लाई ८-० ले हरायो । विजयी टिमका लागि प्रकाश थापा मगर र आरोन खड्काले दुई/दुई गोल गरे । यसैगरी राजु बुढाथोकी, प्रत्युस कुइकर, रूजर श्रेष्ठ र मनिस रानाले एक/एक गोल गरे । आरोन म्यान अफ दि म्याच बने ।
अन्तिम खेलमा वडा ६ ले वडा २० लाई टाइब्रेकरमा ५-४ ले निराश बनायो । निर्धारति समयमा दुवै टिमले १-१ गोल गरेका थिए । वडा ६ का लागि विप्लव लामा र वडा २०का लागि युनिकमान डंगोलले गोल गरे । सो खेलमा सन्तोष भण्डारी म्यान अफ दि म्याच बने ।
प्रतियोगिताअन्तर्गत बुधबार पहिलो खेलमा वडा ४ले वडा ८, दोस्रो खेलमा वडा ३ले वडा २६, तेस्रो खेलमा वडा ५ ले वडा ११ र चौथो खेलमा वडा १६ ले वडा २८ को सामना गर्नेछ ।
Post Comments