News टेम्के फुटबल क्लब सेमिफाइनलमा
गोलनेपाल

धरान । टेम्के फुटबल क्लब जारी प्रथम धरान सिटी रनिङ कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

चौथो क्वाटरफाइनलतर्फ टेम्केले पटनाली फुटबल क्लबलाई ४–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो । टेम्केको जितमा उमेश राईले दुई गोल गर्दा बिकास परियार र बिनोद राईले थप एक–एक गोल गरे । उता पराजित पटनालीका लागि सुभाष बिकले एक मात्र गोल फर्काएका थिए ।

खेलमा टेम्केका दुई गोलकर्ता उमेश राई प्लेयर अफ दि म्याच बने । प्रतियोगिता अन्तर्गत कार्तिक २६ गते बुधबारको पहिलो सेमिफाइनल खेल स्वर्णिम क्लब र फेयर फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।

Post Comments