News रुपन्देहीः चौथो समपुर्ण कपको सेमिफाइनलमा सुनवल
सुरज राना मगर

सुपौली । सुनवल फुटबल क्लब, सुनवल, नवलपरासी रुपन्देहीको सुपौलीमा जारी स्व. लाल बहादुर पुन र राजकुमार पुन स्मृति चौथो समपुर्ण कपको सेमिफाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।

आइतबार भएको दोस्रो क्वाटरफाइनलतर्फ सुनवलले गत संस्करणको उपविजेता समेत रहेको चाँदनी युवा क्लब, दानापुरलाई २–० को अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।

तिलोत्तमा–१४, सुपौली स्थित समपुर्ण खेलमैदानमा भएको खेलमा सुनवलको लागि क्षितिजराज जिटी र कर्मा लामाले गोल गरे । खेलमा सुनवल कै गोलकर्ता क्षितिजराज जिटी म्यान अफ दि म्याच समेत घोषित भए ।

प्रतियोगिता अन्तर्गत मंसिर १ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल न्यु युथ युनियन क्लब, पाल्पा र कपिलवस्तु–११, कपिलवस्तुबीच हुने प्रचार प्रसार संयोजक रवी अर्यालले जानकारी दिए ।

समपुर्ण युवा क्लब, तिलोत्तमा–१४, सुपौली, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,०३,३३३ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५०,१५१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल भने मंसिर ६ गतेका दिन हुनेछ ।

 

 

Post Comments