News एएफसी एसियन कप छनौटमा नेपालको लगातार पाँचौं हार
गोलनेपाल

काठमाडौं । एएफसी एसियन कप छनौटतर्फ तेस्रो चरणको छनौट प्रतियोगिता खेलिरहेको नेपालले आफ्‌नो समूहमा लगातार पाँचौं हार बेहोरेको छ । समूह एफमा रहेको नेपालले मंगलबार मलेसियासँग उसकै घरमा १–० ले पराजित हुन पुग्यो ।

मेलेसियन राजधानी क्वालालम्पुर स्थित बुकिट जलिल नेशनल स्टेडियममा भएको खेलमा अन्तिमतिर दश खोडीमा सिमित हुन पुगेको नेपालले साँघुरो अन्तरको हार बेहोरेको हो ।

खेलको ५६औं मिनटमा फैजल हलिमले गरेको एक मात्र गोल मलेसियन टोलीको जितमा निर्णाक गोल बन्यो । उता अधिकांश समय रक्षात्मक खेलेको नेपाल अन्तिम समयतिर दश खेलाडीमा खुम्चिन पुगेको थियो । लाकेन लिम्बुले दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाड्दा नेपाली टोली अन्तिम समय दश खेलाडीमा खुम्चिएको थियो ।

नेपालले अब समूह चरणको अन्तिम खेलका रुपमा सन् २०२६ को मार्च ३१ तारीखका दिन लाओसको सामना गर्नेछ । स्मरण रहोस, समूह एफबाट नेपालसँगै लाओस पनि समूह चरणबाटै बाहिरिसकेको छ ।

Post Comments