News फिफा विश्वकपमा छनौट हुने सबैभन्दा सानो देश बन्यो कुरासाओ
गोलनेपाल

काठमाडौं (एजेन्सी) । क्यारेबियन देश कुरासाओ फिफा विश्वकपमा छनौट हुने इतिहास कै सबैभन्दा सानो देश बनेको छ । फिफा विश्वकपको कनकाफ छनौटतर्फ आफ्नो अन्तिम तथा निर्णयक खेलमा जमैकासँग गोलरहित बराबरी खेलेपछि कुरासाओले फिफा विश्वकप छनौटमा इतिहास कोर्न सफल भएको हो ।

साथै फिफा वरियताको ८२औं स्थानमा रहेको कुरासाओले अर्को वर्ष हुने फिफा विश्वकपमा स्थान बनाएसँगै यसअघि आइसल्याण्डले बनाएको किर्तिमान पनि तोडेको छ । सन् २०१८ को फिफा विश्वकपमा पहिलोपटक छनौट हुने आइसल्याण्ड विश्वकपमा छनौट हुने सबैभन्दा सानो देशका रुपमा रहेको थियो ।

तर, मंगलबार विश्वकपको कनकाफ छनौटतर्फ कुरासाओले आइसल्याण्डको त्यो किर्तिमान पनि तोडेको छ । १७१ स्क्वायर मिटर क्षेत्रफल रहेको सानो टापु देश कुरासाओमा हाल १ लाख ५६ हजार कै हाराहारीमा जनसंख्या रहेको छ । कुरासाओको यो ऐतिहासिक सफलताले विश्व फुटबलमा राम्रै चर्चा समेत पाईरहेको छ ।

Post Comments