News फिफा वरियतामा झन् खस्कियो नेपाल
गोलनेपाल

काठमाडौ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निकालेको ताजा वरियतामा नेपालको स्थान थप तल खस्किएको छ । फिफाले बुधबार नोभेम्बर महिनाका लागि निकालेको ताजा वरियतामा नेपाल दुई स्थान तल झर्दै १८२औं स्थानमा खस्किएको हो ।

नेपालको यो पछिल्लो नौ वर्ष यता कै सबैभन्दा खराब वरियता समेत हो । दक्षिण एसियातर्फ पनि नेपाल चौथो स्थानमा खस्किएको छ । त्यस्तै तीन स्थान सुधार गर्दै १८०औं स्थानमा उक्लेको बंगलादेशले नेपाललाई पछि पार्दे दक्षिण एसियामा तेस्रो स्थान कब्जा गरेको छ ।

त्यसैगरी ६ स्थान तल झर्दै १४२औं स्थानमा पुगेको भारत दक्षिण एसियातर्फ शिर्ष स्थानमा यथावत छ । १७३औं स्थानमा यथावत रहेको माल्दिभ्स दक्षिण एसियातर्फ पनि दोस्रो स्थान मै यथावत छ । त्यसैगरी तीन स्थान तल झर्दै १९२औं स्थानमा रहेको भुटान दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ ।

एक स्थान तल झर्दै १९४औं स्थानमा पुगेको श्रीलंका दक्षिण एसियातर्फ छैठौं स्थानमा छ भने १९९औं स्थानमा खस्किएको पाकिस्तान दक्षिण एसियातर्फ सातौं स्थानमा रहेको छ ।

त्यसैगरी उता विश्व वरियताको शिर्ष स्थानमा स्पेन रहेको छ । दोस्रो स्थानमा विश्व विजेता अर्जेन्टिना रहँदा तेस्रो स्थानमा फ्रान्स रहेको छ ।

 

Post Comments