News प्रथम भक्तपुर व्यापी कपको उपाधी आयोजक चरी एफसीलाई
गोलनेपाल

भक्तपुर । इटापाके भक्तपुरको नवनिर्मित फुट्जोन फुट्सलको 5A side मैदानमा शनिबार सम्पन्न प्रथम संस्करणको भक्तपुर व्यापी कप २०८२ को उपाधि घरेलु टोली फुट्जोन चरी एफसीले हात पारेको छ।

NTB बोईज र चरी एफ.सीबिच उपाधिका लागि रोमान्चक प्रतिस्पर्धा हुदा दुईका बिरूध्द चार गोल गर्दै चरीले उपाधी हात पारेको हो। उपाधिसहित चरी एफ सीले नगद रु. पचास हजार सहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेतामा सीमित बनेको NTB बोईजले नगद रू पच्चिस हजारमा चित्त बुझाएको छ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चरी एफ सीका उज्वल बिस्ट बन्दा उत्कृष्ट गोल रक्षक चरी एफ.सीकै सबिन श्रेष्ठ बनेका हुन। दुवै उत्कृष्ट खेलाडीलाई नगद रु. दुई हजार सहित सम्मान गरिएको छ।

Post Comments