भद्रपुर । न्यु स्टार क्लब, खोपबाडी जारी स्व. आलोक भण्डारी र संजिव गिरी स्मृति दोस्रो चन्द्रगढी कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको सेमिफाइनलतर्फ न्यु स्टारले आयोजक चन्द्रगढी युवा क्लब, झापालाई २–१ ले हराउँदै उपाधि नजिक पुगेको हो । न्यु स्टारको जितमा करन लिम्बु र आदित्य शाक्यले गोल गरे । पराजित चन्द्रगढीका लागि भने आकाश रायाले एक मात्र गोल फर्काएका थिए ।
खेलमा पराजित चन्द्रगढी कै आकाश राया म्यान अफ दि म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत मंसिर १७ गते बुधबारको दोस्रो सेमिफाइनल खेल पुर्वेली युवा क्लब, बिर्तामोडा र शनिश्चरे फुटबल क्लब, झापाबीच हुने आयोजकले जानकारी दियो ।
चन्द्रगढी युवा क्लब, झापाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख १ हजार हात पार्नेछ । फाइनल खेल भने यही मंसिर २० गतेका दिन हुनेछ ।

- बगान युथ दोस्रो बिर्तामोड युनाइटेड च्यालेञ्ज कपको सेमिफाइनलमा
- शनिश्चरे एफसी बिर्तामोड च्यालेञ्ज कपको सेमिफाइनलमा
- बिर्तामोड च्यालेञ्ज कपमा उर्लाबारीको विजयी सुरुवात
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि