काठमाडौं (एजेन्सी) । डिफेन्डिङ च्याम्पियन समेत रहेको स्पेनले प्रतिष्ठित युइएफए महिला नेशन्स लिगको उपाधि लगातार दोस्रोपटक जित्दै उपाधि रक्षा गर्न समेत सफल भएको छ ।
मंगलबार अबेर राती मेड्रिडमा सम्पन्न भएको फाइनल खेलको दोस्रो लेगमा स्पेनले जर्मनीलाई ३–० ले हराउँदै उपाधि रक्षा गर्न सफल भएको हो । स्पेनको जितमा क्लाउडिया पिनाले दुई गोल गर्दा थप एक गोल विक्टोरिया लोपेजको नाममा रह्यो ।
स्मरण रहोस, त्यसअघि जर्मनीको घरेलु मैदानमा भएको फाइनलको पहिलो लेगमा स्पेन र जर्मनीले गोलरहित बराबरी खेलेका थिए ।
त्यस्तै तेस्रो स्थानका लागि भएको प्ले अफ म्याचमा फ्रान्सले तेस्रो स्थान कब्जा गर्यो । फ्रान्सले स्वीडेनलाई हराउँदै तेस्रो स्थान हात पारेको हो । तेस्रो स्थानका लागि भएको पहिलो लेगमा फ्रान्सले स्वीडेनमाथि २–१ को जित हात पारेको थियो भने दोस्रो लेगमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । समग्रमा फ्रान्स ४–३ को अग्रतासहित विजयी बन्यो ।