News आर्मीको फराकिलो जित, बिराटनगरसँग पुलिस स्तब्ध
गोलनेपाल

काठमाडौं । राष्ट्रिय महिला लिगमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले बुधबार चौदण्डीगढी नगरपालिका, उदयपुरमाथि १२–० को फराकिलो जित हात पारेको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा आर्मीका लागि शर्मिला थापाले ह्याट्रिक सहित पाँच गोल गरिन् । त्यस्तै सपना लामाको नाममा दुई गोल रह्यो । आर्मीलाई फराकिलो जित दिलाउने क्रममा हेमा चौधरी, अन्जली वाईबा, बिमला चौधरी, बिमला बिक र रश्मी घिसिङले पनि एक–एक गोलको योगदान दिए ।

खेलमा आर्मीकी ह्याट्रिककर्ता शर्मिला थापा नै प्लेयर अफ द म्याच घोषित भईन् । यो जितसँगै ६ खेलबाट १३ अंक जोडेको आर्मी दोस्रो स्थानमा छ । र लिगलिडर एपिएफ भन्दा ६ अंकले पछाडी छ । उता पराजित चौदण्डीगढी भने अंकविहीन रुपमा पुछारमा छ ।

बिराटनगरसँग पुलिस स्तब्ध

बुधबार नै भएको अर्को खेलमा बिराटनगर नगरपालिका, मोरङले अर्को विभागीय टोली नेपाल पुलिस क्लबमाथि १–० को सनसनीपुर्ण जित निकालेको छ । एन्फा कम्प्लेक्स मै सम्पन्न खेलमा बिराटनगरका लागि खेलको शुरुवाततिर नवौं मिनटमा पार्वती घलेले गरेको एक मात्र गोल बिराटनगरलाई ३ अंक दिलाउन प्रर्याप्त बन्यो ।

खेलमा बिराटनगरका लागि निर्णायक गोल गरेकी पार्वती घले नै प्लेयर अफ द म्याच घोषित भईन् । यो जितपछि ६ खेलबाट १० अंक जोडेको बिराटनगर लिगतालिकाको तेस्रो स्थानमा उक्लिएको छ र दोस्रो स्थानको टोली आर्मी भन्दा ३ अंकले मात्र पछाडी छ । उता पराजित पुलिस भने ८ अंकका साथ चौथो स्थानमा छ ।

 

Post Comments