News पाँचथरमा चासोक तङनाम खुल्ला फुटसल प्रतियोगिता–२०८२ आयोजना हुँदै
गोलनेपाल

पाँचथर । याक्थुङ लिम्बू समुदायको महान चाड चासोक तङनाम को अवसरमा पाँचथरको फिदिम–२, पल्लोटारमा चासोक तङनाम खुल्ला फुटसल प्रतियोगिता–२०८२ आयोजना हुने भएको छ। प्रतियोगिताको आयोजना पान्थर फुटसल ले गरेको हो।

“स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने मूल नारासहित आयोजना गर्न लागिएको उक्त प्रतियोगिता २०८२ पौष ११ गतेदेखि १५ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताका खेलहरू फिदिम–२ पल्लोटार स्थित पान्थर फुटसल मैदान मा हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा खुल्ला पुरुष, खुल्ला महिला तथा ३० वर्ष माथिको उमेर समूह गरी तीन विधामा प्रतिस्पर्धा गराइनेछ। खुल्ला पुरुष तर्फ प्रथम हुने टिमले रु. ८०,००० र द्वितीय हुनेले रु. ४०,००० पुरस्कार प्राप्त गर्नेछन्।

त्यस्तै, खुल्ला महिला तर्फ प्रथम पुरस्कार रु. १०,००० र द्वितीय पुरस्कार रु. ५,००० तोकिएको छ। ३० वर्ष माथिको उमेर समूह तर्फ प्रथम हुने टिमलाई रु. २०,००० र द्वितीयलाई रु. १०,००० नगद पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगितामा सहभागी सबै टिम तथा खेलाडीहरूको बीमा व्यवस्था गरिएको आयोजकले जनाएको छ। साथै, खुल्ला पुरुष तर्फ बेस्ट गोलकिपर, हाई स्कोरर र बेस्ट प्लेयर लाई ट्रफी तथा मेडल प्रदान गरिनेछ। सेमिफाइनल देखि प्लेयर अफ दि म्याचको व्यवस्था गरिएको बताइएको छ ।

 

Post Comments