News नेपाली राष्ट्रिय पुरुष तथा महिला फुटसल टोलीको फाइनल स्क्वाड घोषणा
गोलनेपाल

काठमाडौं । अर्को महिना थाइल्याण्डमा हुन गईरहेको पहिलो साफ पुरुष तथा महिला फुटसल च्याम्पियनसिपका लागि नेपालको राष्ट्रिय पुरुष तथा महिला फुटसल टोलीको फाइनल स्कवाड घोषणा गरिएको छ ।

पुरुष फुटसल टोलीको मुख्य प्रशिक्षक अनिल गुरुङ र महिला फुटसल टोलीका मुख्य प्रशिक्षक बिक्रम महर्जनले आइतबार दुवै टोलीको फाइनल स्क्वाड घोषणा गरेका हुन् ।

स्मरण रहोस, पहिलोपटक आयोजना हुन गईरहेको साफ पुरुष तथा महिला फुटसल च्याम्पियनसिप सन् २०२६ को जनवरी महिनामा थाइल्याण्डमा हुने तय भईसकेको छ ।

पुरुष फुटसल टोलीको फाइनल स्क्वाडः

अमित लामा, अशोक दर्लामी, बिजय श्रेष्ठ, बिक्रान्त नरसिंह राणा, बिशाल सारु मगर, दिपेश श्रेष्ठ (गोलरक्षक), जेनिश प्रजापति, लाक्पा तामाङ, पदम तामाङ (गोलरक्षक), पेम्बा दोर्जे लामा, सन्जे स्याङतन, सरोज तामाङ, सुबित लामा, सुरज गुरुङ

महिला फुटसल टोलीको फाइनल स्क्वाडः

अनिता केसी, अन्जली मचमसी, बिमला चौधरी, बिमला थापा, दिपा राई, जेनिफर राई, झरना डुम्रकोटी (गोलरक्षक), मनिषा थापा मगर, प्रतिक्षा ठकुरी, रोशनी बोहरा क्षेत्री, साबित्री किशन (गोलरक्षक), सजिना कोइराला, सुनकला राई, सुष्मा तामाङ

 

Post Comments