तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ अरनीको खेलमैदान दाङमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ को आयोजनामा जारी दाङ जिल्लाकै सर्वाधिक धनराशि साथै देशकै प्रतिष्ठित दोस्रो अन्तर वडा स्तरीय रनिङ पुरूष फुटबल प्रतियोगिता अन्तर्गत सोमबार दुई प्री क्वाटरफाइनल खेल सम्पन्न भएसँगै क्वाटर फाइनल समीकरण पूरा भएको छ।
पहिलो खेल वडा नं २ र वडा ७ बीच रोमान्चक प्रतिस्पर्धा हुँदा वडा नं ७ २-० शुन्य गोलन्तरको जित हात पार्दै क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भएको हो। वडा नम्बर ७ का लागि विवेक रसाइली र रुपेश राना मगरले समान एक एक गोल गरेका हुन्। निर्धारित समयभर प्रभावशाली खेल प्रदर्शन गरेका रुपेश राना मगर उक्त खेलको नायक बन्दै नगद रु. १५०० सहित ट्रफी प्राप्त गरेका छन्।
दोस्रो खेल वडा नम्बर ३ र वडा नम्बर १८ बीच प्रतिस्पर्धा हुँदा वडा नम्बर ३ लाई २-१ गोल अन्तरले पराजित गर्दै वडा नं १८ पनि क्वार्टर फाइनलमा प्रवेश गर्न सफल भएको छ। जितका लागि रबिन चौधरी र भूपेन्द्र ओलीले समान एकएक गोल गरेका हुन्। उता पराजित भएको टोली वडा नम्बर ३ बाट बादल खड्काले एक गोल गरेका थिए। उक्त खेलको म्यान अफ दि म्याच वडा नं १८ का निशान खड्का बन्दै नगद रु १५०० सहित ट्रफी प्राप्त गरेका छन्।
मङ्गलबारबाट क्वाटरफाइनल खेल सुरु हुनेछन्। * पहिलो खेल डिफेन्डिङ च्याम्पियन वडा नं ६ र वडा नं ५ बीच दिनको ठिक १२ बजे प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेल वडा नं. १२ र वडा नं ११ दिनको ठिक २ बजे प्रतिस्पर्धा गर्नेछन्।
- वडा नं १८ लाई तुलसीपुर अन्तर वडास्तरीय रनिङ कपको उपाधि
- रबिन चौधरीको ह्याट्रिक मद्दतमा वडा नम्बर १८ उपाधि नजिक
- वडा नम्बर १२ दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ फुटबल प्रतियोगिताको उपाधि नजिक
- वडा नम्बर ७ र १३ दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ फुटबल प्रतियोगिताको सेमिफाइनलमा
- वडा नम्बर ५ र १२ दाङमा जारी दोस्रो अन्तर वडा स्तरीय रनिङ कपको सेमिफाइनलमा