News
रेखा र दिपाको गोलसँगै माजिया बन्यो लिग च्याम्पियन
काठमाडौं । माल्दिभ्सको शिर्ष महिला लिग खेलिरहेका नेपालका चर्चित दुई खेलाडीद्वय रेखा पौडेल र दिपा शाहीले लिग उपाधि समेत जित्न सफल भएका छन् ।
अन्तिम तथा निर्णायक खेलमा रेखा र दिपाको टोली माजिया स्पोर्टसले निकटतम प्रतिद्वन्द्वी ओडी स्पोर्टस क्लबलाई २–० ले हराउँदै लिग च्याम्पियन बन्न सफल भएको हो ।
निर्णायक खेलमा पनि माजियाका लागि रेखा र दिपाले नै गोल गरे । लिगको डेब्यु खेलबाटै उत्कृष्ट प्रदर्शन गरेका रेखा र दिपाले त्यो प्रदर्शनलाई अन्तिमसम्म निरन्तरता दिंदै माजियालाई लिग उपाधि जिताउन सफल भए ।
पाँच खेलबाट १३ अंक जोडेको माजिया शिर्ष स्थानमा रह्यो । उता समान खेलबाट १० अंकसहित ओडी स्पोर्टस दोस्रो स्थानमा रहँदै लिगको समापन गर्न बाध्य बन्यो ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल