News
केराबारी दोस्रो तरहरा गोल्डकपको फाइनलमा
तरहरा । केराबारी फुटबल क्लब, मोरङ सुनसरीमा जारी दोस्रो तरहरा गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको पहिलो सेमिफाइनलमा केराबारीले पञ्चायन फुटबल क्लब, सुनसरीलाई १–० ले हराउँदै उपाधि नजिक पुगेको हो । खेलको ३२औं मिनटमा प्रवेश बस्नेतले गरेको एक मात्र गोल केराबारीको जितमा निर्णायक गोल बन्यो ।
निर्णायक गोलकर्ता प्रवेश बस्नेत नै खेलको प्लेयर अफ दि म्याच समेत घोषित भए । प्रतियोगिता अन्तर्गत पुष १० गते बिहीबारको दोस्रो सेमिफाइनल खेल पानबारी फुटबल क्लब, धरान र खारखोला फुटबल क्लब, सुनसरीबीच हुने आयोजकले जानकारी दियो ।
योङ ब्वाईज फुटबल क्लब, इटहरी, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments