News गणेशको दुई गोलसँगै हनामी भरतपुर सेमिफाइनलमा
गोलनेपाल

कावासोती । हनामी भरतपुर फुटबल क्लब, चितवन जारी प्रथम कावासोती गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो क्वाटरफाइनलमा भरतपुरले मर्दिखोला युनाइटेड क्लब, पर्वतलाई ३–० को अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने दोस्रो टोली बनेको हो ।

भरतपुरको जितमा गणेश हमालले दुई गोल गर्दा थप एक गोल कुलदिप कार्कीको नाममा रह्यो । खेलमा दुई महत्वपूर्ण गोल गरेका भरतपुरका गणेश हमाल प्लेयर अफ दि म्याच समेत चुनिए ।

प्रतियोगिता अन्तर्गत पुष ११ गते शुक्रबारको तेस्रो क्वाटरफाइनल खेल अभिषेक चर्च एफसी, रजहर र एसीएफसी, कोलकाता (भारत) बीच हुने आयोजकले जानकारी दियो ।

सनलाईट सामुदायिक विकास केन्द्र, कावासोती, नवलपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल पुष १६ गतेका दिन हुनेछ ।

 

Post Comments