News जस्ट जोन एफसी प्रथम कावासोती गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

कावासोती । पाहुना टोलीका रुपमा सहभागि जस्ट जोन फुटबल क्लब, नाइजेरिया यहाँ जारी प्रथम कावासोती गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

शनिबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा जस्ट जोनले हेटौडा फुटबल एकेडेमी, मकवानपुरलाई पेनाल्टी शुटआउटमा हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

निर्धारित समयको प्रतिस्पर्धात्मक खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी शुटआउटमा जस्ट जोन ४–१ ले विजयी बन्यो । खेलमा जस्ट जोनका गोलरक्षक सन्तोष महत प्लेयर अफ दि म्याच घोषित भए ।

प्रतियोगिता अन्तर्गत पुष १३ गते आइतबारको पहिलो सेमिफाइनल खेल गण्डकी प्रदेश पुलिस क्लब र अभिषेक चर्च फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।

सनलाईट सामुदायिक विकास केन्द्र, कावासोती, नवलपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल पुष १६ गतेका दिन हुनेछ ।

 

Post Comments