News महेन्द्र माविलाई छैठौं फोर्टिन स्टार कपको उपाधि
गोलनेपाल

इस्मा । उत्कृष्ट जितका साथ यहाँ सम्पन्न छैठौं फोर्टिन स्टार कप अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि महेन्द्र माध्यमिक विद्यालयले हात पारेको छ ।

शनिबार भएको फाइनलमा महेन्द्र माविले पालुखा माविलाई २–० ले हराउँदै उपाधि उचाल्न सफल भएको हो । महेन्द्र माविको जितमा आयुष घर्ती मगर र एमोस नेपालीले गोल गरे ।

विजेता बनेको महेन्द्र माविले उपाधिसहित नगद ३५ हजार हात पार्यो भने उपविजेता पालुखा माविले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

फोर्टिन स्टार युवा क्लब, तम्घास, गुल्मीको आयोजनामा भएको प्रतियोगितामा कुल १४ विद्यालयका फुटबल टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments