News गण्डकी प्रदेश पुलिस फाइनलमा
गोलनेपाल

कावासोती । गण्डकी प्रदेश पुलिस क्लब यहाँ जारी प्रथम कावासोती गोल्डकपको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।

आइतबार भएको पहिलो सेमिफाइनलमा गण्डकी पुलिसले अभिषेक चर्च रजहरलाई ४-१ ले हराउँदै उपाधी नजिक पुग्न सफल भएको हो ।

खेलमा यामीको गोलबाट अभिषेक चर्चले नै खेलमा अग्रता बनाएको थियो । तर खेलमा गण्डकी पुलिसले उत्कृष्ट पूनरागमन गर्यो ।

गण्डकी पुलिसका लागि बिपुल गौतमले दुई गोल गर्दा अर्को गोल दिपक गुरुङले गरे । थप एक गोल भने अभिषेक चर्चका उडोकाले आत्माघाती गोलका रुपमा गर्न पुगेका थिए । खेलमा गण्डकी पुलिसका लागि महत्त्वपूर्ण दुई गोल गरेका बिपुल गौतम प्लेयर अफ दि म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत पुस १४ गते सोमबारको दोस्रो सेमिफाइनल खेल जस्ट जोन एफसी, नाइजेरिया र हनामी भरतपुर फुटबल क्लब बीच हुने आयोजकले जानकारी दियो ।

Post Comments