News
युएईः फूलबारीलाई तेस्रो लालीगुराँस नयाँ वर्ष कपको उपाधि
काठमाडौं । युएईको दुबई सहरमा सम्पन्न तेस्रो लालीगुराँस नयाँ वर्ष कप फुटबल प्रतियोगिताको उपाधि फूलबारी फुटबल क्लब, अबुधाबीले जितेको छ ।
फाइनलमा अबुधाबी फूलबारीले रोयल आईक्याड क्लबलाई टाईब्रेकरमा ४–१ ले हराउँदै उपाधि चुम्न सफल भएको हो । त्यस्तै प्रतियोगिताको तेस्रो स्थान आयोजक लालीगुराँस एफसीले हात पार्यो ।
विजेता बनेको अबुधाबी अबुधाबी फूलबारी क्लबले उपाधिसहित नगद ५१११ धिराम (नेपाली रकम १९९५०० रुपैयाँ) जित्न सफल भयो ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी फूलबारी एफसीका अभिषेक चम्लागांई, उत्कृष्ट डिफेन्स आइक्याडका टीकाराम किंग्रिङ, उत्कृष्ट गोलरक्षक फूलबारी एफसी का अभिषेक चौधरी साथै सर्वाधिक गोलकर्ता रोयल गुर्खाका कपिल चुनिएका छन् ।
Post Comments