पुनर्वास । सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्ला पुनर्वास नगरपालिका वडा नं २ अरनिको खेलमैदानमा अरनीको युवा क्लबको आयोजनामा जारी सातौं संस्करणको ऐतिहासिक अरनीको सैनिक कप अन्तर्गत बुधबार दुई खेल सम्पन्न भएका छन्।
पहिलो खेल अरनिको युवा क्लब (हरियो) र हिमाल फ्रेन्ड्स बीच रोमाञ्चक प्रतिस्पर्धा हुँदा उक्त खेलमा ४ शून्यको शानदार जित हात पार्दै हिमाल फ्रेन्ड्स दोस्रो चरणमा प्रवेश गरेको छ। अधिकांश समय दबाबमा राखेको हिमाल फ्रेन्ड्सका लागि पदम एस.के ले व्यक्तिगत तीन गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए भने, सन्दिप सिंह ठकुरीले एक गोल गरेका हुन्।
बुधबार नै सिङ्पाल बेलौरी र सिदार्थ युवा क्लब प्रतिस्पर्धा गर्ने निश्चित भएतापनि सिङ्पाल बेलौरी तोकिएको समयमा मैदानमा उपस्थित हुन नसके पश्चात वाक ओभरको आधारमा सिदार्थ युवा क्लब दोस्रो चरणमा प्रवेश गरेको छ।
बिहिबार उक्त प्रतियोगिताका दुई प्रि क्वाटरफाइनल खेल हुनेछन् जस अन्तर्गत पहिलो खेल सुदूरपश्चिम प्रहरी र वीरेन्द्र अल्फा दिनको ठिक १२ बजे प्रतिस्पर्धा गर्नेछन् भने त्रिभुवान युवा क्लब र दशरथ युवा क्लब दिनको ठिक ३ बजे प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा कञ्चनपुर जिल्लाका चिरपरिचित १५ टोलीहरूको सहभागिता रहेको उक्त प्रतियोगिताको विजेता हुने टोलीले नगद रु. २,६१,००० रुपैया सहित ट्रफी प्राप्त गर्नेछन भने उपविजेता हुने टिमले नगद रु.१,३०,००० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
- आयोजक अरनिको युवा क्लब लगातार दोस्रोपटक अरनिको सैनिक कपको विजेता
- भानु युवा क्लब सातौं अरनिको सैनिक कपको फाइनलमा
- आयोजक अरनीको युवा क्लब लगातार दोस्रोपटक फाइनल खेल्दै
- भानु युवा क्लब र पुनर्वास नगरपालिका-३ सातौं अरनीको सैनिक कपको सेमिफाइनलमा प्रवेश
- सुदूरपश्चिम प्रदेश प्रहरी र अरनीको युव कञ्चनपुर सातौं अरनीको सैनिक कपको सेमिफाइनलमा