News चाँदनी १३औं शुद्धोदन फर्साटिकर कपको क्वाटरफाइनलमा
सुरज राना मगर

फर्साटिकर । चाँदनी युवा क्लब, दानापुर रुपन्देहीमा जारी १३औं शुद्धोदन फर्साटिकर कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार भएको प्रिक्वाटरफाइनलतर्फ दश खेलाडीमा सिमित बनेको चाँदनीले समपुर्ण युवा क्लब, सुपौलीलाई पेनाल्टी शुटआउटमा हराउँदै अन्तिम आठमा स्थान बनाएको हो ।

निर्धारित समयको प्रतिस्पर्धातमक खेल गोलरहित बराबरीमा टुंगिदा खेल पेनाल्टी शुटआउटतर्फ धकेलिएको थियो । जसमा चाँदनीले नतिजा ५–४ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

खेलमा एक समय चाँदनी दश खेलाडीमा समेत सिमित बनेको खेलका क्रममा विपक्षी खेलाडी विरुद्ध फल गर्दा चाँदनीका नियमित गोलरक्षक अमन श्रीसले सोझै रातो कार्ड पाएका थिए । तर, पनि चाँदनीले निर्धारित समयको खेलमा समपूर्णलाई बराबरीमा रोक्दै अन्तिममा जित हात पार्न सफल भयो ।

खेलमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका चाँदनीका गोलरक्षक करन क्षेत्री म्यान अफ दि म्याच चुनिए । प्रतियोगिता अन्तर्गत पुष १७ गते बिहीबारको प्रिक्वाटरफाइनल खेल न्यु युथ युनियन क्लब, तानसेन, पाल्पा र गोर्खा ब्वाईज स्पोर्टस क्लब, बुटवल भिड्ने खेल संयोजक रवि खड्काले जानकारी दिए ।

फर्साटिकर युवा क्लब, शुद्धोदन गाउँपालिका–४, फर्साटिकर, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,५५,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आर्थिक संयोजक सिद्धान्त भट्टराई जानकारी दिए । फाइनल खेल यही पुष २६ गतेका दिन हुनेछ ।

 

 

Post Comments