News एएफसी यु–२३ एसियन कपः जापान, युएई र उज्वेकिस्तानको विजयी शुरुवात
गोलनेपाल

काठमाडौं (एजेन्सी) । साउदी अरेबियामा शुरु भएको सातौं एएफसी यु–२३ एसियन कप फुटबल प्रतियोगिता अन्तर्गत साविक विजेता जापान, युएई र साविक विजेता उज्वेकिस्तानले विजयी शुरुवात गरेका छन् ।

समूह बी मा रहेको जापानले सिरियामाथि ५–० को प्रभावशाली जितका साथ प्रतियोगितामा विजयी शुरुवात गरेको हो । सोही समूहमा रहेको युएईले कतारलाई २–० ले स्तब्ध बनाउँदै विजयी शुरुवात गर्यो ।

त्यस्तै समूह सी मा रहेको उज्वेकिस्तानले लेबनानमाथि ३–२ को रोमाञ्चक जित हात पार्दै विजयी शुरुवात गर्यो । सोही समूहको अर्को खेलमा दुई बलियो टोली इरान र दक्षिण कोरियाले भने गोलरहित बराबरी खेल्दै अंक बाँडे ।

प्रतियोगितामा सहभागि एसियाका कुल १६ टोलीहरुलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शिर्ष दुई टोली नकआउट चरण (क्वाटरफाइनल) मा प्रवेश गर्नेछन् । फाइनल खेल भने जनवरी २४ तारीखका दिन जेद्दाहमा हुनेछ ।

Post Comments