तान्द्राङ । गोर्खा जिल्ला भिमशेन थापा गाउँपालिका वडा नम्बर ३ कुलीगैरा खेलमैदानमा जारी दोस्रो तान्द्राङ कप खुल्ला पुरुष फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार चार खेल सम्पन्न भएका छन्।
पहिलो खेल सोल्टी युनाइटेड र अमरदीप फुटबल क्लबले प्रतिस्पर्धा गरेका थिए जसमा सोल्टी युनाइटेडले अमरदीपलाई ३–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको छ। सोल्टी युनाइटेडलाई जित दिलाउनका लागि सुजन महर्जनले दुई तथा मन्नु गुरुङले एक गोल गरेका हुन्।
दोस्रो खेल गैरीछाप फुटबल क्लब र बालुवाटार युवा क्लबबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा बालुवाटार युवा क्लबलाई दुई शुन्य गोलन्तरले पराजित गर्दै गैरीछाप दोस्रो चरणमा प्रवेश गर्न सफल भएको छ। गैरीछापका लागि मनिष पाण्डे र राजेश बरामले समान एक एक गोल गरेका हुन्।
तेस्रो खेल सल्यानटार स्पोर्ट्स एकेडेमी र मान्बु फुटबल क्लब बीच प्रतिस्पर्धा हुँदा उक्त खेलमा मान्बु फुटबल क्लबलाई पराजित गर्दै सल्यानटार स्पोर्ट्स एकेडेमी क्वार्टर फाइनलमा प्रवेश गरेको छ। सल्यानटारलाई जित दिलाउनका लागि रमेश गुरुङले दुई गोल गरेका थिए।
चौथो खेल हिमालयन हब काठमाडौँ र भीमसेन थापा गाउँपालिका वडा नं २ बीच प्रतिस्पर्धा भएको थियो उक्त खेलमा। भीमसेन थापा गाउँपालिका वडा नं २ लाई २ का विरुद्ध ३ गोल गर्दै हिमालयन हबले सेमीफाइनलमा स्थान सुरक्षित गर्न सफल भएको छ। हिमालयन हबलाई जित दिलाउनका लागि समीप ढकालले ह्याट्रिक पुरा गरेका थिए भने उता पराजित भएको टोली भीमसेन थापा दुईका लागि अभिषेक गुरुङले दुई गोल गरेका हुन्।
बुधबार उक्त प्रतियोगिताका क्वार्टरफाइनल र सेमीफाइनल अन्तर्गतका पाँचवटा खेलहरू सञ्चालन हुनेछन्।
- गोरखाको १० किलोमा जारी चौथो राइजिङ्ग स्टार कप अन्तर्गत बिहिबार तीन खेल सम्पन्न
- गोरखाको १० किलोमिटर अढाईगाउँ खेलमैदानमा चौथो राइजिङ् स्टार कप सुरु
- गोरखामा चौथो राइजिङ स्टार कप हुँदै
- गोरखामा ओभी एजुकेशन ११औं ओसन कप सम्पन्न
- ओसेन्द्र कटुवालको एकमात्र निर्णायक गोलमा नेपाल पुलिस प्रथम पृथ्वीनारायण गोल्डकपको च्याम्पियन