News गोरखाको १० किलोमा जारी चौथो राइजिङ्ग स्टार कप अन्तर्गत बिहिबार तीन खेल सम्पन्न
गोलनेपाल

गोरखा नगरपालिका वडा नम्बर १२ गोरखाको १० किलोमिटर स्थित अढाईगाउँ खेलमैदानमा जारी चौथो राइजिङ स्टार कप अन्तर्गत बिहीबार प्रतियोगिताको पहिलो चरणका तीनवटा खेलहरू सम्पन्न भएका छन्।

पहिलो खेल पालुङटार नगरपालिका र घलान एकता समाजबीच रोमाञ्चक प्रतिस्पर्धा हुँदा उक्त खेलमा घलान एकता समाजविरुद्ध उत्कृष्ट कमब्याक जित हासिल गर्दै पालुङटार नगरपालिका दोस्रो चरण प्रवेश गर्न सफल भएको छ । निर्धारित समय एक एक गोलको बराबरीमा टुङ्गिएको उक्त खेल घलान एकता समाजका लागि इन्द्रबहादुर कुँवरले गोल गर्दा पालुङटार नगरपालिकाका लागि निखिल सुनारले कमब्याक गोल गरेका हुन्। पेनाल्टी सुट आउट हुँदै सडन डेथतर्फ गएको उक्त खेलमा पालुङटारले ७-६ को स्पष्ट जित निकालेको हो।

दोस्रो खेलमा सप्तरङ्गी फुटबल क्लब र खोप्लाङ फुटबल क्लब बीच रोमान्चक प्रतिस्पर्धा हुँदा उक्त खेलमा १-० को साँघुरो जित हाँसिल गर्दै खोप्लाङले दोस्रो चरणको यात्रा तय गरेको हो। खोप्लाङका लागि एकमात्र निर्णायक गोल पहिलो हाफको २० औ मिनेटमा आकाश गुरुङले गरेका थिए। साथै उनी उक्त खेलको म्यान अफ दि म्याच बनेका छन्।

तेस्रो खेलमा G.T.Y.C र नमस्ते सिरानचोक प्रतिस्पर्धा गर्दा G.T.Y.C लाई शुन्यका विरुद्ध चार गोलले पराजित गर्दै नमस्ते सिरानचोक दोस्रो चरण प्रवेश गरेको हो।

शुक्रबार बिहानबाटनै अन्य पहिलो चरणका खेलहरू सञ्चालन हुनेछन्।

9 A साईड खुल्ला नकआउट फुटबल प्रतियोगितामा कुल २० टोलीहरूको सहभागिता रहेको छ । यस प्रतियोगिताको विजेता हुने टोलीले नगद रु.१०,१,१११ सहित आकर्षक ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता हुने टोलीले नगद रु. ५०,५,५५ रुपैया सहित ट्रफी प्राप्त गर्नेछन्।

Post Comments