News गोरखामा चौथो राइजिङ स्टार कप हुँदै
गोलनेपाल

गोरखा । राइजिङ स्टार युथ क्लब, १० किलो, गोरखाको आयोजनामा यही बैशाख २३ देखि २६ गतेसम्म चौथो राइजिङ स्टार कप नाईन ए साईड फुटबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा सहभागिता जनाउन चाहने इच्छुक क्लबहरुका लागि यही बैशाख २२ गतेसम्म टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ५०००+२००० तोकिएको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यस्तै विधागततर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही ५–५ हजार नगदसहित ट्रफी प्रदान गरिने पनि आयोजकले जनाएको छ ।

Post Comments