गोरखा । आयोजक राइजिङ स्टार (सी) शानदार जित सहित दोस्रो चरण प्रवेश गर्दा सूर्योदय फुटबल क्लब र बेनीखोलाले वाकओभर प्राप्त गरे।
गोरखा नगरपालिका वडा नम्बर १२ गोरखाको १० किलोमिटर अढाईगाउँ खेलमैदानमा बुधबारबाट चौथो राइजिङ स्टार कप सुरु भएको छ। राइजिङ स्टार युथ क्लबको आयोजनामा सुरु भएको उक्त प्रतियोगितामा बुधबार पहिलो चरणका तीन खेलहरू सम्पन्न भएका हुन।
पहिलो खेल सूर्योदय फुटबल क्लबले जिल्ला प्रहरी कार्यालय गोरखालाई वाकओभरमा पराजित गरेको हो। तोकिएको समयमा जिल्ला प्रहरी कार्यालय गोरखा मैदानमा उपस्थित हुन नसकेपछि सूर्योदय फुटबल क्लब स्वत विजेता बनेको छ।
दोस्रो खेल आयोजक राइजिङ स्टार फुटबल क्लब (सी) र गोर्खा एफसी बीच रोमाञ्चक प्रतिस्पर्धा हुँदा आयोजक राइजिङ स्टार क्लबले ३-२ को नतिजामा गोर्खा एफसीलाई हराउँदै दोस्रो चरण प्रवेश गरेको हो। राइजिङ्ग स्टार (सी)को जितमा सन्दीप पन्तले दुई तथा सर्गम अर्यालले एक गोल गरेका हुन। उता पराजित भएको टोली गोरखाका उमेश विक र सन्दिप सिर्मलले समान एक एक गोल गरेका थिए। उक्त खेलमा दुई गोल गरेका राइजिङ स्टार (सि)का सन्दीप पन्त म्यान अफ दि म्याच भएका छन्।
तेस्रो खेलमा बेनीखोलाले पनि वाकओभर प्राप्त गरेको हो। ग्रीन लाइट फुटबल क्लब तोकिएको समयमा मैदानमा उपस्थित नहुँदा बेनीखोला सोझै दोस्रो चरण प्रवेश गरेको हो।
बिहिबार बिहानबाट लगातार छ वटा खेल हुन सक्ने क्लबका अध्यक्ष मनिष थापा मगरले जानकारी दिनुभएको छ।
- गोरखाको १० किलोमा जारी चौथो राइजिङ्ग स्टार कप अन्तर्गत बिहिबार तीन खेल सम्पन्न
- गोरखामा चौथो राइजिङ स्टार कप हुँदै
- गोरखामा ओभी एजुकेशन ११औं ओसन कप सम्पन्न
- ओसेन्द्र कटुवालको एकमात्र निर्णायक गोलमा नेपाल पुलिस प्रथम पृथ्वीनारायण गोल्डकपको च्याम्पियन
- चित्लाङ प्रथम पृथ्वीनारायण गोल्डकपको फाइनलमा, उपाधिका लागि पुलिससँग भिड्ने