News
साफ महिला फुटसल च्याम्पियनसिपको पहिलो खेलमै रोकियो नेपाल
काठमाडौं । थाइल्याण्डमा मंगलबारदेखि शुरु भएको पहिलो साफ महिला फुटसल च्याम्पियनसिपतर्फ नेपालले बराबरी खेल्दै प्रतियोगितामा सुस्त शुरुवात गरेको छ ।
लिग चरणको आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकासँग २–२ गोलको बराबरी खेलेको हो । नेपालले आफ्नो दोस्रखे खेल १५ जनवरीका दिन माल्दिभ्ससँग खेल्नेछ । माल्दिभ्सले मंगलबार नै भएको उद्घाटन खेलमा भारतसँग १–११ को हार बेहोरेको थियो ।
त्यसैगरी मंगलबार नै भएको दोस्रो खेलमा पाकिस्तान र भुटानले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका थिए ।
प्रतियोगितामा दक्षिण एसियाका सातै देशका महिला फुटसल टोलीहरु सहभागि छन् । सिंगल राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शिर्ष टोली विजेता बन्नेछ ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल