News
साफ पुरुष फुटसल च्याम्पियनसिप पनि शुरु, पहिलो दिन तीन खेलहरु सम्पन्न
काठमाडौं । थाइल्याण्डमा शुरु भएको साफ पुरुष फुटसल च्याम्पियनसिपतर्फ पहिलो दिन बुधबार तीन खेलहरु सम्पन्न भएका छन् ।
दिनको पहिलो खेलमा भुटान र श्रीलंकाले ३–३ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडे । त्यस्तै दोस्रो खेलमा भारत र बंगलादेशले पनि ४–४ गोलको बराबरी खेल्दै अंक बाँडे । दिनको अन्तिम खेलमा भने माल्दिभ्सले पाकिस्तानमाथि ७–१ को उत्कृष्ट जित हात पार्यो ।
प्रतियोगितामा दक्षिण एसियाका सातै देशका फुटसल टोलीहरु सहभागि छन् । नेपालले आफ्नो पहिलो खेल जनवरी १६ तारीख शुक्रबारका दिन श्रीलंकासँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । सिंगल राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शिर्ष टोली विजेता बन्नेछ ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल