काठमाडौं । बुधबारदेखि शुरु भएको बहुप्रतिक्षित राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत पहिलो दिन फ्रेण्डस क्लबले उत्कृष्ट जित हात पार्दा चर्च ब्वाईज युनाइटेड भने हारबाट जोगिएको छ ।
एन्फा कम्प्लेक्समा भएको पहिलो खेलमा फ्रेण्डसले काक्रेंबिहार क्लबलाई ३–१ ले हरायो । खेलको छैठौं मिनटमा खेमराज श्रेष्ठको आत्मघाती गोलबाट अग्रता भने कांक्रेबिहारले नै लिएको थियो । तर पहिलो हाफ कै इन्जुरी समयमा प्रशान्त लक्षमले फ्रेण्डसका लागि पहिलो बराबरी गोल फर्काए ।
दोस्रो हाफको ५९औं मिनटमा प्रवेश बस्नेतले फ्रेण्डसका लागि दोस्रो गोल थपे भने अन्तिमतिर ९०औं मिनटमा आशिष चापागाईंले तेस्रो गोल गर्दै फ्रेण्डस क्लबको जित पक्का गरे ।
त्यस्तै बुधबार नै भएको दोस्रो खेलमा चर्च ब्वाईज युनाइटेडले श्री भगवती क्लबसँग १–१ गोलको बराबरी खेल्यो । खेलको ४५औं मिनटमा हरिहर बुढा मगरको गोलबाट श्री भगवतीले खेलमा अग्रता बनाएको थियो । तर ५६औं मिनटमा एरिक बिष्टले चर्च ब्वाईजका लागि बराबरी गोल फर्काएका थिए ।
करिब तीन महिना चल्ने लिगमा कुल १७ टोलीहरु सहभागि छन् । सिंगल राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० लाख हात पार्नेछ भने उपविजेताले २५ लाख प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले १५ लाख प्राप्त गर्नेछ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)