News शान्तिनगर दोस्रो कुमरखत च्यालेञ्ज कपको क्वाटरफाइनलमा
गोलनेपाल

रामधुनी । शान्तिनगर फुटबल क्लब, इटहरी यहाँ जारी दोस्रो कुमरखत च्यालेञ्ज कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको प्रिक्वाटरफाइनलतर्फ शान्तिनगरले मधेसा फुटबल क्लब, इनरुवालाई २–० ले हराउँदै अन्तिम आठमा स्थान बनाउन सफल भएको हो । शान्तिनगरको जितमा दिलिप मगर र आयुष हाङ राईले गोल गरे । खेलको म्यान अफ दि म्याच पनि शान्तिनगरका गोलकर्ता आयुष हाङ राई चुनिए ।

प्रतियोगिता अन्तर्गत माघ ६ गते मंगलबारको तेस्रो क्वाटरफाइनल खेल हरैचा स्पोर्टस क्लब, हरैचा, मोरङ र सिमरबन क्लब, बराहक्षेत्र, सुनसरीबीच हुने आयोजकले जानकारी दियो ।

जुडी फुटबल क्लब, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही माघ १० गतेका दिन हुनेछ ।

Post Comments