काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निकालेको नयाँ वरियतामा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको स्थान रहेको छ । फिफाले जनवरी महिनाका लागि निकालेको नयाँ वरियतामा नेपाल १८२औं स्थानमा यथावत रहेको छ । दक्षिण एसियातर्फ पनि नेपाल चौथो स्थानमा छ ।
त्यस्तै एक स्थान सुधार गर्दै १४१औं स्थानमा उक्लिएको भारत दक्षिण एसियातर्फ शिर्ष स्थानमा छ । १७३औं स्थानमा रहेको माल्दिभ्स दक्षिण एसियातर्फ दोस्रो स्थानमा रहँदा १८०औं स्थानमा रहेको बंगलादेश दक्षिण एसियातर्फ तेस्रो स्थानमा छ ।
त्यस्तै १९२औं स्थानमा रहेको भुटान दक्षिण एसियातर्फ पाँचौं स्थानमा छ भने १९४औं स्थानमा रहेको श्रीलंका दक्षिण एसियातर्फ छैठौं स्थानमा छ । त्यसैगरी १९९औं स्थानमा रहेको पाकिस्तान भने दक्षिण एसियातर्फ सातौं स्थानमा छ ।
उता विश्व वरियताको शिर्ष तीन स्थान पनि यथावत छ । सर्वोच्च स्थानमा स्पेन रहँदा दोस्रो स्थानमा विश्व विजेता अर्जेन्टिना रहेको छ । तेस्रो स्थानमा भने फ्रान्स रहेको छ ।