काठमाडौं । एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएका दुई खेलहरु बराबरीमा टुंगिएका छन् ।
एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा चित्लाङ फुटबल क्लबले विभागीय टोली नेपाल पुलिस क्लबसँग १–१ गोलको बराबरी खेल्यो । अन्तिमतिर खाएको आत्मघाती गोल नै चित्लाङलाई महत्वपूर्ण जितबाट बञ्चित बनाउन पुग्यो ।
खेलको ४१औं मिनटमा म्याथ्यु बाबाटुन्डेको गोलबाट चित्लाङले खेलमा अग्रता बनाएको थियो । तर खेलको अन्तिमतिर ८७औं मिनटमा लक्षुमन राना मगरले आत्मघाती गोल गर्दै पुलिसले खेललाई बराबरीमा ल्याउन सफल भएको थियो । खेलमा पुलिसका जोन बिष्ट प्लेयर अफ दि म्याच चुनिए ।
त्यस्तै मंगलबार नै भएको दिनको दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र प्लानिङ ब्वाईज युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडे । खेलमा प्लानिङ ब्वाईजका गोलरक्षक योगेश धिमाल प्लेयर अफ दि म्याच घोषित भए ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)