काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय निर्वाचन (अर्ली इलेक्शन) अर्को सूचना जारी नहुँदासम्म तत्कालका लागि स्थगित गरिएको छ । एन्फा निर्वाचन समितिका सदस्य सचिव लोकेन्द्र ओलीद्वारा हस्ताक्षरित पत्रमा एन्फाको यही माघ २८ गते हुने भनिएको केन्द्रिय निर्वाचन अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित गरिएको हो ।
“श्री उच्च अदालत पाटनबाट मिति २०८२/१०/०४ गते निर्वाचन सम्बन्धी प्रक्रिया यथास्थितिमा राख्नु भनी जारी भएको अन्तरिक आदेशको म्याद/सूचना मिति २०८२/१०/६ मा निर्वाचन समितिलाई प्राप्त भएकोले मिति २०८२/१०/०६ गतेदेखिका निर्वाचनका कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ ।” एन्फा निर्वाचन समितिद्वारा जारी पत्रमा उल्लेख छ ।
स्मरण रहोस, एन्फाले अर्ली इलेक्शन गर्ने भन्दै माघ २८ गतेको निर्वाचन मिति तोकेपछि त्यसका लागि आवश्यक प्रक्रिया र मनोनयन लगायतका कार्यहरु पनि सम्पन्न भईसकेका थिए ।
यद्यपि राखेपले आवश्यक प्रक्रिया पूरा गरेर मात्र निर्वाचन गर्न सुझाएको थियो भने पाटन उच्च अदालतले आवश्यक छलफलका लागि यही माघ ६ गतेका दिन उपस्थित हुन एन्फालाई पत्राचार गरेको थियो । साथै त्यतिञ्जेलसम्म निर्वाचनका कुनै गतिविधी नगर्न र रोक्न आदेश समेत दिएको थियो ।

- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान