काठमाडौं । थाइल्याण्डमा जारी साफ पुरुष फुटसल च्याम्पियनसिपतर्फ नेपालले लगातार दोस्रो बराबरी खेलेको छ । आइतबार मात्र भारतसँग ३–३ को बराबरी खेलेको नेपालले मंगलबार भएको आफ्नो तेस्रो खेलमा पाकिस्तानसँग ४–४ गोलको बराबरी खेलेको हो ।
यो हारसँगै ३ खेलबाट ५ अंकका साथ चौथो स्थानमा रहेको नेपालको उपाधि होड केही कठिन बनेको छ । नेपालले आफ्नो चौथो खेल जनवरी २२ तारीखका दिन उत्कृष्ट लयमा रहेको अपराजित टोली माल्दिभ्ससँग खेल्नेछ ।
माल्दिभ्सले मंगलबार नै भएको अर्को खेलमा भारतलाई ५–० को अन्तरले हराएको थियो । तीन खेलबाट ९ अंक जोडेको माल्दिभ्स शिर्ष स्थानमा समेत रहेको छ । पराजित भारत भने २ अंकका साथ पाँचौं स्थानमा छ ।
त्यस्तै मंगलबार नै भएको तेस्रो खेलमा बंगलादेशले श्रीलंकालाई ५–१ को अन्तरले हरायो । यो जितपछि ४ खेलबाट ७ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ । पराजित श्रीलंका भने ४ खेलबाट १ अंकका साथ छैठौं स्थानमा छ ।
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल