News
डिफेन्डिङ च्याम्पियन जापान फाइनलमा
काठमाडौं (एजेन्सी) । डिफेन्डिङ च्याम्पियन जापान जारी एएफसी यु–२३ एसियन कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।
मंगलबार भएको सेमिफाइनलतर्फ जापानले छिमेकी प्रतिद्वन्द्वी दक्षिण कोरियालाई १–० ले हराउँदै उपाधि रक्षा नजिक पुगेको हो । साउदी अरेबियाको जेद्दाह शहरमा भएको खेलको ३६औं मिनटमा काइटो कोइजुमीले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो ।
जापानले अब मंगलबार नै अबेर राती हुने दोस्रो सेमिफाइनलतर्फ भियतनाम र चीन बीचको विजेतासँग २४ जनवरीका लागि फाइनल खेल्नेछ । त्यस्तै दोस्रो सेमिफाइनलमा पराजित हुने टोलीले २३ जनवरीका दिन दक्षिण कोरियासँग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।
Post Comments
Related News