काठमाडौं । एन्फा राष्ट्रिय लिगतर्फ बिहीबार तीन खेलहरु सम्पन्न हुँदा विभागीय टोली एपिएफ फुटबल क्लब र एनआरटीले जित हात पार्दै आ–आफ्नो खातामा महत्वपूर्ण तीन–तीन अंक जोडेका छन् ।
च्यासल स्टेडियममा भएको दिनको पहिलो खेलमा एपिएफले चर्च ब्वाईज युनाइटेडलाई ४–१ को फराकिलो अन्तरले हरायो । एपिएफको जितमा युवराज खड्काले दुई गोल गर्दा समिरराज थोकर र प्रदिप लामाको नाममा एक–एक गोल रह्यो । उता पराजित चर्च ब्वाईजका लागि भने मिलन राईले एक मात्र गोल फर्काएका थिए ।
त्यस्तै एन्फा कम्प्लेक्समा भएको अर्को खेलमा एनआरटीले काँक्रेबिहार क्लबलाई २–० को अन्तरले पराजित गर्यो । एनआरटीको जितमा टिमोथी र रणदिप पौडेलले गोल गरे । बिहीबार दोस्रो जित हात पारेका एपिएफ र एनआरटीको खातामा समान ६–६ अंक भएको छ ।
त्यस्तै बिहीबार च्यासल स्टेडियम मै भएको अर्को खेलमा फ्रेण्डस क्लब र संकटा फुटबल क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडे । यो नतिजापछि संकटाको तीन खेलबाट ५ अंक जोड्दै लिगतालिकाको तेस्रो स्थानमा उक्लेको छ । उता फ्रेण्डसको खातामा भने ४ अंक छ ।
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)