काठमाडौं । एन्फा राष्ट्रिय लिगतर्फ बिहीबार तीन खेलहरु सम्पन्न हुँदा विभागीय टोली एपिएफ फुटबल क्लब र एनआरटीले जित हात पार्दै आ–आफ्नो खातामा महत्वपूर्ण तीन–तीन अंक जोडेका छन् ।
च्यासल स्टेडियममा भएको दिनको पहिलो खेलमा एपिएफले चर्च ब्वाईज युनाइटेडलाई ४–१ को फराकिलो अन्तरले हरायो । एपिएफको जितमा युवराज खड्काले दुई गोल गर्दा समिरराज थोकर र प्रदिप लामाको नाममा एक–एक गोल रह्यो । उता पराजित चर्च ब्वाईजका लागि भने मिलन राईले एक मात्र गोल फर्काएका थिए ।
त्यस्तै एन्फा कम्प्लेक्समा भएको अर्को खेलमा एनआरटीले काँक्रेबिहार क्लबलाई २–० को अन्तरले पराजित गर्यो । एनआरटीको जितमा टिमोथी र रणदिप पौडेलले गोल गरे । बिहीबार दोस्रो जित हात पारेका एपिएफ र एनआरटीको खातामा समान ६–६ अंक भएको छ ।
त्यस्तै बिहीबार च्यासल स्टेडियम मै भएको अर्को खेलमा फ्रेण्डस क्लब र संकटा फुटबल क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडे । यो नतिजापछि संकटाको तीन खेलबाट ५ अंक जोड्दै लिगतालिकाको तेस्रो स्थानमा उक्लेको छ । उता फ्रेण्डसको खातामा भने ४ अंक छ ।
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”