News
साफ पुरुष फुटसलमा नेपालको पहिलो हार, माल्दिभ्स उपाधितर्फ अग्रसर, पाकिस्तानको सम्भावना पनि कायमै
काठमाडौं । साफ पुरुष फुटसल च्याम्पियनसिपतर्फ नेपालले आफ्नो चौथो खेलमा पहिलो हारको सामना गरेको छ । बिहीबार नेपालले बलियो आँकिएको माल्दिभ्ससँग २–१ को हार बेहोरेको हो ।
नेपालले आफ्नो आगामी खेल २४ जनवरीका दिन बंगलादेशसँग खेल्नेछ । बिहीबारको नतिजापछि ४ खेलबाट ५ अंक जोडेको नेपाल लिगतालिकाको चौथो स्थानमा छ । र उपाधि होडबाट नेपाल बाहिरिएको छ ।
उता १२ अंक जोडेको माल्दिभ्स शिर्ष स्थानमा छ । त्यस्तै बिहीबार नै बंगलादेशलाई १–५ को अन्तरले हराएको पाकिस्तान १० अंकका साथ दोस्रो स्थानमा छ । ७ अंक जोडेको बंगलादेश भने तेस्रो स्थानमा रहेको छ ।
Post Comments
Related News
- विमलाको नाकमा चोट, शल्यक्रिया गर्नुपर्ने
- नेपाललाई फेरि बंगलादेश नै बाधक
- माल्दिभ्समा शुरु भयो डायमण्ड जुब्लि कप, बंगलादेश र पाकिस्तानको बराबरी, माल्दिभ्सको हार
- भुटानले श्रीलंकालाई हरायो, बंगलादेशको पनि विजयी शुरुवात
- रेनुका र सरु सम्मिलित किकस्टार्टले लिगलिडर इस्ट बंगाललाई हरायो, अन्जिलाको टोली सेथु पनि सफल