News भारतलाई हराउँदै उपाधि होड मै भुटान, बंगलादेशको पनि उपाधि नजिक
गोलनेपाल

काठमाडौं । थाइल्याण्डमा जारी साफ महिला फुटसल च्याम्पियनसिपतर्फ सनसनीपूर्ण नतिजा निस्किने क्रममा भुटानले शुक्रबार तुलनात्मक रुपमा बलियो आँकिएको भारतलाई २–१ ले हराएको छ ।

यो जितसँगै भुटानले उपाधि होडमा आफ्नो झिनो सम्भावनालाई पनि कायम राखेको छ । यो जितपछि ५ खेलबाट ११ अंक जोडेको भुटान दोस्रो स्थानमा छ । भुटानले आफ्नो अन्तिम खेल २५ जनवरीका दिन नेपालसँग खेल्नेछ । उता भुटानसँग स्तब्ध बनेको भारत ९ अंकका साथ तेस्रो स्थानमा छ । र, उपाधि होडबाट बाहिरिएको छ ।

शुक्रबार नै भएको अर्को खेलमा बंगलादेशले पाकिस्तानलाई ९–१ को फराकिलो अन्तरले हराउँदै उपाधि नजिक पुगेको छ । बंगलादेशले २५ जनवरी कै दिन हुने अन्तिम खेलमा कमजोर आँकिएको माल्दिभ्ससँग खेल्नेछ । शुक्रबार नै भएको अर्को खेलमा माल्दिभ्सले श्रीलंकासँग ७–६ को हार बेहोर्यो । श्रीलंकाले २५ जनवरी कै दिन आप्mनो अन्तिम खेल भारतसँग खेल्नेछ ।

 

 

Post Comments