News राष्ट्रिय लिगः श्री भगवती, सातदोबाटो र लालीगुराँसको जित
गोलनेपाल

काठमाडौं । एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न भएका तीन खेलहरुमा श्री भगवती क्लब, सातदोबाटो युथ क्लब र लालीगुराँस एसोसिएशनले जित हात पारेका छन् ।

एन्फा कम्प्लेक्समा भएको दिनको पहिलो खेलमा श्री भगवतीले नव जनजागृति क्लबलाई ५–१ को अन्तरले पराजित गर्यो । श्री भगवतीको जितमा शिशिर लेखीले दुई गोल गर्दा अजयी मार्टिन्स, सुबास बम र सिमान्त थापाले समान एक–एक गोल गरे । उता पराजित नव जनजागृतिका लागि भने बिक्रम थोकरले एक मात्र गोल फर्काएका थिए ।

त्यस्तै शुक्रबार नै दशरथ रंगशालामा भएको पहिलो खेलमा सातदोबाटोले मनाङ मस्र्याङ्दी क्लबलाई १–० ले स्तब्ध बनायो । सातदोबाटोको जितमा फोडे फोफनाले गरेको एक मात्र गोल टोलीलाई महत्वपूर्ण तीन अंक दिलाउन निर्णायक गोल बन्यो ।

त्यसैगरी दशरथ रंगशाला मै भएको दिनको दोस्रो खेलमा लालीगुराँसले विभागीय टोली नेपाल पुलिस क्लबलाई समान १–० को अन्तरले हरायो । लालीगुराँसका लागि आशिष गुरुङले गरेको एक मात्र गोल खेलको निर्णायक गोल बन्यो ।

Post Comments